राष्ट्रपतिका लागि पशुपतिमा भिख माग्दै युवा

काठमाडौं । आज काठमाडौंको पशुपति क्षेत्रमा केही युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि गाडी खरिद गर्न भन्दै भिग मागेका छन् । 

पछिल्लो समय राष्ट्रपतिको लागि १८ करोडको गाडी किन्न लागेको भन्दै आलोचना हुँदै आएको छ । 

शनिवार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पूण्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसँग एक–एक रुपैयाँ भिख मागेका थिए ।  

साथै उनीहरुले ‘जापान टोकियो, १८ करोडमा आँखा ठोक्कियो, सासै रोकिया ! गाँसै रोकियो, समद्ध हाम्रै पालामा १८ करोडको झापड गणतन्त्रको गालामा १ रुपैयाँ भिख माग्ने कार्यक्रम, घुम्तिनेर लेट भयो प्रदेशीको पसिना हजुर रा.प.को गाडीमा चैट भयो !, हिजोसम्म हामी दिने थियौ आजबाट हामी माग्ने हुँदैछौं ।’ जस्ता प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।      

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् । 

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?