इरानका फुटबलर अमिर नसरलाई मृत्युदण्डको सजाय

लोकपथ
861
Shares

काठमाडाैं । इरानका एक फुटबलरलाई मृत्युदण्डको सजाय सुनाएको छ । महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै इरानी फुटबल खेलाडी अमिर नसर अजदानीलाई मृत्युदण्डको सजाय सुनाएको हो।

इरानमा गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा २६ वर्षीय फुटबलर अजदानी पक्राउ परेका थिए।​

हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा एक महिलालाई पक्राउ गरेको थियो।
पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक जनप्रदर्शन भएको थियो।

नसरमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप लागेको थियो। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका भने थिएनन्। उनीसहित २८ जनालाई यही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?