कतार विश्वकपमा गोल्डेन बुटको बाजी कसले मार्ला ?

लोकपथ
140
Shares

काठमाडौं । कतार विश्वकपको फाइनलमा फ्रान्स र अर्जेन्टिनाले आफ्नो स्थान पक्का बनाएका छन् । २२ औं संस्करणको कतार विश्वकपको उपाधि कसले जित्छ भन्ने निकै चासोको विषय बनेको छ ।

विश्वकपको उपाधिसँगै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट कसले हात पार्ला भन्ने चर्चा हुन थालेको छ ।

अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा फ्रान्सका केलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सी रहेका छन् । उनीहरु दुवैले समान ५-५ गोल गरेका छन् । त्यस्तै विश्वकपको फाइनलमा पनि उनीहरुको देशबीच नै प्रतिस्पर्धा हुँदै छ ।

यस्तै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् । उनीहरुले समान ४ गोल गरेका छन् ।

कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार :

१) केलियन एमबाप्पे -५ गोल

२) लियोनल मेस्सी -५ गोल

३) ओलिभर जेरुड -४ गोल

४) जुलियन अल्भारेज -४ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?