काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको खेल युरोपेली रेफ्रीले खेलाउने भएका छन् । अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी पोल्यान्डका सिमोन मार्सिनियाकले पाएका छन् ।
मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेभएका छन् ।
अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् ।
मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीचको खेल खेलाएका थिए । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया