टेस्ट क्रिकेटमा बंगलादेशले बनायो किर्तिमान

काठमाडौं– टेस्ट क्रिकेटमा नयाँ विश्व किर्तिमान बनेको छ । बंगलादेशका कप्तान सकिब अल हसनले नयाँ विश्व किर्तिमान बनाएका हुन् ।

 घरेलु मैदान चटगोङमा शनिबार भएको वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा सकिबले पाँच विकेट लिएपछि बंगलादेश ६४ रनले विजयी भएको छ ।

सकिबले पहिलो इनिङमा तीन तथा दोस्रोमा दुई विकेट लिदै नयाँ रेकर्ड आफ्नो नाममा राखे ।

उनले ५४ टेस्ट क्रिकेटमा दुईसय विकेट र तीन हजार रन सर्वाधिक छिटो पुरा गर्ने खेलाडी बने । यसअघि इङ्ल्यान्डका इयान बोथमले ५५ र भारतीय पूर्व क्रिकेटर कपिल देवले ७३ टेस्ट खेलमा यो किर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?