अस्ट्रेलियाले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । अस्ट्रेलियाले ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । 

सर भिभियन रिचार्डस स्टेडियममा आइतवार विहान भएको फाइनल खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि ओपनर ब्याट्स विमेन ड्यानियल वेटले सर्वाधिक ४३ रन तथा कप्तान हिटर नाईटले २५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

ताम्सिन बौउमोट र एमी जोन्स समान ४-४ अंक जोड्दै पेभेलियनमा फर्किएकी थिइन् । इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका आस्ली गार्डनरले सर्वाधिक ३ विकेट लिइन् ।

त्यस्तै मेगन सह्ट र जर्जिया वेरह्यामले समान २-२ विकेट हात पारिन् । जवाफी मैदानमा ब्याटिङ गरेको अस्ट्रेलियाले १५ दशमलब १ ओभरमा मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

 

अस्ट्रेलियाका लागि आस्ली गार्डनरले सर्वाधिक ३३ रन जोडिन । उनीले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेकी थिइन् ।  त्यस्तै कप्तान मेग लानिङले २८ रन, ओपनर ब्याट्स विमेनद्धय एल्सा हिलेले २२ रन तथा बेथ मोनेले १४ रन जोडिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?