सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासन गर्ने स्वीकृति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन गर्ने स्वीकृति दिएको छ । 

धितोपत्र बोर्डबाट दुर्इ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने स्वीकृति सिद्धार्थ बैंकले प्राप्त गरेको हो । ७ वर्षसम्मका लागि एसविएल डिवेन्चर २०८२ निष्कासन गर्ने अनुमति सो बैंकले १० दशमलव ५ प्रतिशतमा प्राप्त गरेको हो । 

बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआर्इसी एशिया क्यापिटललार्इ नियुक्ती गरेको छ। 

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि ट्रिपल बि प्लसु प्राप्त गरेको छ। यसबाट  मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

बैंकले प्रति डिवेन्चर एक हजार रुपैयाँको दरमा ४ लाख ५० हजार इकार्इ सर्वसाधारणको लागि र १८ लाख इकार्इ निजी क्षेत्रका लागि निष्कासन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?