अर्जेन्टिना भर्सेस फ्रान्स : किकअफ

लोकपथ
21
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । लुसेल स्टेडियममा फाइनल खेल पौने ९ बजे शुरु भएको हो । अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् ।

दुबै देशले समान दुई दुई पटक विश्वकप उपाधि जितेका छन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो ।

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै दुवै टोलीले एक अर्कासँग फाइनलमा भेट पक्का गरेका थिए ।

दुवै टोलिको हेड टु हेड हेर्ने हो भने हालसम्म भएका बाह्र खेलमा अर्जेन्टिना अगाडि देखिन्छ । फ्रान्सविरुद्ध अर्जेन्टिनाले ६ खेल आफ्नो पक्षमा पार्दा यता फ्रान्सले भने अर्जेन्टिनाविरुद्ध जम्मा ३ जित हात पारेको छ । त्यस्तै, ३ खेल बराबरीमा सकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?