शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ विन्दुले घटेर २४७ दशमलव ९८ विन्दुमा झरेको छ । 

स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।

बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक छ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले घटेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?