काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । कतारको लुसेल स्टेडियममा जारी फाइनल खेलको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको छ ।
पहिलो हाफमा अर्जेन्टिनाले अग्रता कायम गरेपनि फ्रान्सले त्ययसको प्रतिकार गर्दै दोस्रो हाफमा खेल बराबरीमा धकेल्यो । फ्रान्सका खेलाडी एम्बापेले दोस्रो हाफको ८० र ८१ औँ मिनेटमा लगातार दुई गोल गरे । पहिलो गोल पेनाल्टि मार्फत गरेका एम्बापेले एक मिनेटको अन्तरमा नै दोस्रो गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
अर्जेन्टिनाका लागि खेलको पहिलो हाफको २३ औँ मिनेटमा पेनाल्टि मार्फत लियोनल मेस्सीले पहिलो गोल गर्दा सोही हाफमा मेस्सी कै पासमा डी मारियाले ३६ आँ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
अहिले दुबै टोलीले समान २ गोल गरेका छन् । दुवै टोली तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छन् । खेल अतिरिक्त समयमा धकेलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया