काठमाडौं । कतारमा आइतवार सम्पन्न २२ औँ संस्करणको फिफा विश्वकप अर्जेन्टिनाले जितेको छ । यो जितसँगै अर्जेन्टिनाले तस्रो पटक विशवकप आफ्नो पक्षमा पारेको हो । खेलमा समान ३ गोलको बराबरी भएपछि पेनाल्टि शुटआउटमा धकेलिएको थियो ।
पेनाल्टि शुटआउटमा अर्जेन्टिनाले ४–२ गोल गर्दै फ्रान्सलाई हरायो । लगातार तेस्रोपटकविश्व विजेता बन्ने दौडमा रहेको फ्रान्सले भने उपविजेतामा चित्त बुझाउनु परेको छ । फ्रान्सका लागि एम्बापेले खेलको ८०,८१ र १ सय १८ औँ मिनेटमा गोल गरेपनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।
यता, अर्जेन्टिनाका लागि खेलको २३ आँै मिनेटमा पेनाल्टि मार्फत कप्तान लिओनल मेस्सी, ३८ औँ मिनेटमा मेस्सीको पासमा डी मारीया र अतिरिक्तसमयको १ सय ८ औँ मिनेटमा पुनः मेस्सीले गोल गरे ।
निर्धारित ९० मिनेटमा समान २ तथा अतिरिक्त समयमा धकेलिएकोखेलमा समान १ गोल भएपछि खेलको निर्णय पेनाल्टि शुटआउट मार्फत गरिएको थियो ।
कतारको लुसेल स्टेडियममा सम्पन्न फाइनल खेल अत्यन्तै रोचक र प्रतिष्प्रर्धात्मक बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया