मेस्सीको नाममा थपिए दुई नयाँ कीर्तिमान

लोकपथ
301
Shares
LUSAIL CITY, QATAR – DECEMBER 18: Lionel Messi of Argentina scores the team’s third goal past Hugo Lloris of France during the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Matthias Hangst/Getty Images)

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दुई नयाँ कीर्तिमान कायम गरेका छन् । इतिहासको पानामा नयाँ कीर्तिमान बनाउन उनको क्रम जारी राख्दै मेस्सीले फिफा विश्वकपको फाइनल खेलमा दुई नयाँ कीर्तिमान थपेका हुन्।

फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाउँदा सात पटकको बालोन डि’ओर विजेताले खेलको २३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

योसँगै उनले विश्वकपका हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्न सफल भएका छन् । त्यस्तै उनले एउटै विश्वकपको हरेक नकआउट चरणमा पनि गोल गर्न सफल भएका छन् ।

यता मेस्सी लिजेन्डरी ब्राजिलियन खेलाडी रोनाल्डोसँगै विश्वकप र कोपा अमेरिका प्रतियोगितामा २५ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । त्यस्तै, मेस्सी फिफाको प्रतियोगितामा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि बनेका छन् । उनले यसमा इटालीका डिफेन्डर पाउलो माल्दिनीलाई उछिनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?