काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने भएका छन् ।फाइनल खेल अघि नै मेस्सीले सन्यासको घोषणा गरेका भएपनि उनले उपाधि जितेपछि मेस्सीले आफुले तत्काल सन्यास नलिने स्पष्ट पारे ।
फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो ।
‘म राष्ट्रिय टिमबाट अहिल्यै सन्यास लिने छैन । म विश्वकप विजेता अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहन्छु,’ मेस्सीले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया