शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु

सुर्खेत–कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।

तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो ।
 गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन् ।
श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए ।
“भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।” ललिताको भने ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?