काठमाडौं । कहिले पहिरन त कहिले बोल्ड लुक्सका कारण उर्फी जावेद चर्चामा रहन्छिन् । उर्फीको हरेक सानो कुरा सबैको लागि ठूलो मुद्दा बनिरहेको हुन्छ । सामाजिक सञ्जालमा उर्फी र उनको लुगालाई लिएर मात्रै मानिसहरुले आक्रोश पोख्ने गर्दथे, अहिले नायिकालाई ट्रोल गर्नेहरुले फोनमा समेत धम्की दिन थालेका छन् ।
उर्फी जावेदलाई एक व्यक्तिले बलात्कार र ज्यान मार्ने धम्की दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैबीच, पछिल्लो रिपोर्ट अनुसार उर्फीलाई धम्की दिने यो व्यक्ति अहिले प्रहरी हिरासतमा छ।
केही दिनअघि ह्वाट्सएपमार्फत उर्फीलाई बलात्कार र ज्यान मार्ने धम्की दिने नवीन गिरी बिहारबाट पक्राउ परेका हुन् ।
नवीन गिरीले उर्फी जावेदलाई विभिन्न नम्बरबाट फोन गरेर धम्की दिने गरेका थिए । करिब पाँच दिनअघि उर्फी जावेदले मुम्बईको गोरेगाउँ पुलिस स्टेशनमा यी व्यक्तिविरुद्ध उजुरी दर्ता गराइन् । अभिनेत्रीले प्रमाणका रूपमा नवीनको कल रेकर्डिङ दिएकी थिइन्, त्यसपछि प्रहरीले त्यसको खोजी गर्न थालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया