एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आर्सनल विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको १३ औँ चरणको खेलमा आर्सनलले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । ३० औँ मिनेटको खेल चलिरहँदा बर्नेमाउथका जेफ्फर्सन लोर्मामाले आत्मघाती गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा बर्नेमाउथका जोसुवा किङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा आर्सनलले बर्नेमाउथलाई दवावमा राखेको थियो । खेलको ६७ औँ मिनेटमा एम्रिक आबुमियाङले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल आर्सनलले २-१ गोल अन्तरले जित्यो ।
जितपछि आर्सनलले १३ खेलबाट २७ अंक बनाउँदै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा हडल्सफिल्ड टाउनले उल्भरह्याम्पटनलाई २-० गोल अन्तरले हरायो । हडल्सफिल्ट टाउनको जीतमा एरोन मोले खेलको छैंटो र ७४ औँ मिनेटमा दुई गोल गरेका थिए ।
जीतपछि हडल्सफिल्ड टाउनले १० अंक बनाउँदै लिगको १४ औँ स्थानमा छ । लिगको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३५ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया