काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि चौथो चरणको खेलहरु शुरु हुँदैछ ।
आज तीन खेल हुने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हसने पहिलो खेलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले संकटा क्लबको सामना गर्दैछ ।
दुवै क्लब आफ्नो अपराजित यात्रालाई कायम राख्दै जीत हात पार्ने दाउमा रहेको छ । संकटा क्लबले लिगमा शतप्रतिशत जित निकालेको छ भने आर्मी क्लबले दुईमा जित र एकमा बराबरी खेलेको छ ।
९ अंक बनाएको संकटा लिगको दोस्रो स्थानमा छ । यता आर्मी भने ७ अंकका साथ लिगको चौथो स्थानमा छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा न्युरोड टिम ‘एनआरटी’ले थ्री स्टार क्लबले सामना गर्दैछ । यी दुई क्लबबीचको खेल भने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।
हल्चोकस्थित शसस्त्र प्रहरीको ‘एपीएफ’ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब आमने-सामने हुँदैछ । उपाधि होडमा रहेको पुलिस क्लबले च्यासललाई हराउने रणनीतिका साथ खेलाडीलाई मैदानमा उत्रार्दैछन् ।
अंक तालिकामा ४ अंक बनाएको च्यासल चौथो स्थानमा छ भने समान अंक नै बनाएको पुलिस क्लब भने गोल अन्तरको आधारमा पछि पर्दै सातौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया