एलन मस्कले गरे ट्वीटरको सीईओ पद छाड्ने घोषणा

लोकपथ
21
Shares

काठमाडौं । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

यो जानकारी उनले ट्वीटमार्फत् गरेका हुन् । उनले सकेसम्म छिटो राजीनामा दिने बताएका छन् ।

उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठीक होला कि नहुँदा ठीक होला भनेर ट्वीटरमा मत नै मागेका थिए । उनले प्राप्त नतिजाको पालना गर्ने पनि बताएका थिए ।

त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिए भने हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु,’ मस्कले ट्वीट गरेर भने, ‘म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।

ट्वीटर खरिद गरेसँगै ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने निर्णय गर्दा उनी आलोचनाले घेरिएका थिए । त्यस्तै, केही दिनअघि मस्कको आलोचना गरेकै बहानामा केही पत्रकारको ट्वीटर एकाउण्ट सस्पेण्ड गर्ने निर्णयको पनि विश्वभरबाट आलोचना भएको थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?