‘ए’ डिभिजन लिग : दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लब विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत भएको दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लब विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीलार्ई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा थ्री स्टार गोल गर्न सफल भएको थियो । 

थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिनले समान १–१ गोल गरेका थिए । 

जितपछि थ्री स्टार ४ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

मनाङ र संकटाको समान ९ अंक भएपनि गोल अन्तरका आधारमा थ्री स्टार दोस्रो स्थानमा उक्लिएको हो ।

४ खेलबाट १ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा यथावत छ ।

खेलको १४ औँ मिनेटमा सुनिल वलले डि बक्सभित्रबाट प्रहार गरेको हेड बललाई एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।

खेलको २२ औँ मिनेटमा सुनिलले प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।

३८ औ मिनेटमा मार्टिन वान भर्सेस वानमा गोल गर्न चुके । कप्तान बिक्रम लामाको लामो क्रममा निराजन खड्काले मिलाईदिएको चखालीपुर्ण पासमा मार्टिन वान भर्सेस वानमा चुक्न पुगेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा सुनिलले मार्टिनले हेडमार्फत गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । जारी लिगमा थ्री स्टारको जर्सीमा मार्टिनको पहिलो गोल हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?