काठमाडौं । काठमाडौंमा आज सोमबारबाट काठमाडौंमा ‘सातौं नेपाल–अफ्रिका फिल्म महोत्सव २०१८’ शुरु भएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा महोत्सव शुरु भएको हो ।
तीन दिनसम्म चल्ने उक्त महोत्सवमा पहिलो दिन इजिप्टका मोहमद फाडलद्वारा निर्देशित नासिर ५६, चीनका ज्याङयोङ, फु डोङ र होडन ओ अब्डीले निर्देशन गरेको अफ्रिकन इन युवा, स्वीजल्याण्डका आइरन लोएबल निर्देशित लाइफ इन प्रोगेस गरी तीन फिल्म प्रदर्शन गरिए ।
आयोजक तथा निर्देशक डा. मञ्जु मिश्रका अनुसार उक्त महोत्सवमा विभिन्न विषयवस्तुमा आधारित ११ वटा फिल्म प्रदर्शनी गरिनेछ । महोत्वसको दोस्रो दिन स्विडेनका नाडिया डाइवर्ग र पी युलिन्स निर्दे्शित ‘फुटबोलडोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ‘ली लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग ’र सेनेगलका ओस्मान विलियम मेबी निर्देशित ‘प्रेसिडेन्ट डाई’, र अल्जेरियाका मर्जाकओल्ज निर्देशित ‘बाबएल क्यु सिटी फिक्सन’ फिल्मको प्रदर्शन हुनेछ भने तेस्रो दिन अमेरिकाका जर्ज क्यासी निर्देशित ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालबाट मनोज पण्डितले निर्देशन गरेको फिल्म ‘छायाँ’ प्रदर्शन हुनेछ ।
महोत्सवमा विभिन्न विदेशी फिल्मका निर्देशकको पनि उपस्थिति छ । यस्तै फिल्मले सांस्कृतिक विषयवस्तुका बारेमा जानकारी दिन फेस्टिभल आयोजना गरेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया