एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत न्युक्यासल विजयी भएको छ ।
सोमवार राति सम्पन्न भएको १३ औँ चरणको अन्तिम खेलमा न्युक्यासलले बर्नलेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४ मिनेटमा नै बर्नलेका डिफेन्डर बेन मीले आत्मघाती गोल गरे ।
मीको आत्मघाती गोलबाट खेलमा शुरुवाती अग्रता लिएको न्युक्यासका लागि केरन क्यार्कले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । उनले खेलको २३ औँ मिनेटमा गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४० औँ मिनेटमा बर्नलेका लागि साम भोकेसले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको बर्नले गोल गर्न भने सकेन । जीतपछि न्युक्यासलले १२ अंकका साथ लिगको १३ औँ स्थानमा रहेको छ ।
९ अंक बनाएको बर्नले भने रेलिगेसन जोनबाट जोगिएको छ । ३५ अंक बनाएको म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।
३० अंकका साथ टोट्नह्याम तेस्रोे तथा २८ अंकका साथ चेल्सी चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया