खेलाडीको श्रम स्वीकृतिको विषयलाई लिएर फेरी सर्‍यो नेपाल टि–२० लिग

लोकपथ
14
Shares

काठमाडौं । शुक्रवारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने भनिएको नेपाल टि–२० लिग पुनः सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि–२० लिगमा विदेशी खेलाडीको श्रम स्वीकृतिलाई मुख्य कारण देखाउँदै तोकिएको मितिमा हुन नसक्ने बताइएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रवारदेखि शुरु नहुने बताएका छन् । क्यानको यस विषयमा बिहीवार विहान देखिनै बैठक बसेको थियो । तर कहिलेदेखि शुरु हुने भने अनिश्चित भएको बताइएको छ ।

विदेशी खेलाडीको कागजी प्रक्रियाका कारण रोकिएको हो । श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको छ । श्रम स्वीकृति लिने खास काम फ्रेन्चाइज टोलीको भएको अध्यक्ष चन्दले जानकारी दिए ।

उनले एक दुई दिनको समयमा प्रतियोगिताबारे टुंगो लाग्न नसके कर्मसियल तथा आयोजनाको जिम्मा लिएको सेभेन थ्री स्पोर्ट्ससँग सम्झौतानै रद्द गर्ने बताएका छन् ।

खेलका लागि मैदान तयार छ । क्यानका अफिसियलहरु तयार छन् । नेपाली खेलाडी दिएका छौं । विदेशी खेलाडी पनि आई सकेका छन्’, चन्दले भने । नेपाल टि–२० लिग यो तेस्रो पटक सरेको हो ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि–२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?