काठमाडौं । ब्राजिललाई तीन पटक विश्वकप जिताउन भूमिका खेलेका लिजेन्ड फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । क्यान्सरको तह बढ्दै गइरहेको अस्पतालले जनाएको छ । ८२ वर्षीय पेलेको तीन साताभन्दा लामो समयदेखि उपचार भइरहेको छ । क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी भर्ना भएलगत्तै साओ पाउलोको अस्पतालले पेलेलाई श्वासप्रश्वासको संक्रमण हेरचाहको उपचारमा राम्रो प्रतिक्रिया आएको र उनकाे केमोथेरापी उपचार भइरहेको बताएको छ ।
उनको नेतृत्वमा १९५८, १९६२ र १९७० ब्राजिललाई विश्वकप जिताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया