कपिल शर्माले शेयर गरे बिहेको कार्ड, बिहे कहिले?

काठमाडौं । रणवीर सिंह र दीपिका पादुकोणको बिहेपछि अब भारतीय कमेडियन कपिल शर्माको बिहेको चर्चा हुन थालेको छ । केही दिनयता कपिल शर्माले आफ्नो बिहेबारे बताएका थिए । तर बिहेको मिति अफिसियल घोषणा गरिएको थिएन ।

कपिलले अहिले आएर बिहेको डेट पनि घोषणा गरेका छन् । उनले एक कार्ड जारी गर्दै बिहेको मिति सार्वजनिक गरेका हुन् ।

गोल्डेन र सफा रंगको कार्डमा कपिल र गिन्नीको नामलाई विशेष रुपमा लेखिएको छ । कपिलले उक्त तस्वीर सोसल मिडियामा शेयर गरेका थिए । लगत्तै कपिललाई बधाई आउन थालिसकेको छ ।
कपिल र गिन्नीको बिहे १२ डिसेम्बरमा गिन्नी बस्ने शहरमा हुनेछ । गिन्नी एक्ली छोरी भएकाले यी दुईले धुमधाम बिहे गर्न चाहेका छन् ।

यसबारेमा बोल्दै कपिलले भनेका छन्, ‘जतिबेला मेरो भाइको बिहे भयो, त्यतिबेला मैले खासै कमाएको थिएन । तर मेरी बैनीको बिहे हुँदा कमाउन थालिसकेको थिएँ, यो हाम्रो स्टान्डर्डको हिसाबले रोमान्चक बिहे थियो ।’

कपिल शर्माको बिहेमा खास नातेदार पनि पुग्नेछन् । हालै केबीसीको शोमा पनि केही नजिकका मान्छे पुगेका थिए । कपिलले अमिताभ बच्चनलाई पनि बिहेमा आउनका लागि निम्ता गरेका छन् ।

सेलेब्सकाबीच मशहूर कपिल शर्माको बिहे पनि भव्य हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?