काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात हिजो पौष ७ गते बिहिवारदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्वल शुरुवात गरेको छ ।
गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
सूर्यज्योति लाईफ इन्स्योरेन्स प्रालिको नाममा कारोबार भए सँगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगरमा भए सँगै केन्द्रिय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ।
कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् । साथै प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ र कुल लगानी २८ अर्ब भन्दाबढी पुग्नुका साथै दुई कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश २२ अर्ब , कुल बीमाशुल्क २ अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने ४२ करोड पुगेको छ।
बीमा क्षेत्रमा सूर्या लाईफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफूलाई एक वृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिदै आफूलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।
आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब ७ सय, कुल अभिकर्ता संख्या करिब ७५ हजार भन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा १ सय ८१ शाखाहरु बाट १३ लाख भन्दा बढी बीमितलाई सेवा दिँदै सूर्यज्योती बिशाल कम्पनि भएको छ।
मर्जरका क्रममा देखिएका सम्पूर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जर पश्चात सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने जानकारी कम्पनीले दिएको छ।
सूर्यज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् , अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया