काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजेताले ५५ लाख पाउने बताएको हो । यस्तै उपविजेताले ३० लाख तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले बताएको छ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलि शनिबारबाट शुरु हुँदैछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया