काठमाडौं । भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई ३१ वर्षपछि रिहा गर्न आदेश दिएको छ।
घटनामा संलग्न महिला नलिनी श्रीहरन र अन्य पाँच जनालाई रिहाईको आदेश दिएको सिएनएनले लेखेको छ। सन् १९९१ मे २१ मा तामिलनाडुका राजिव गान्धीको आत्मघाती बम हमलामा हत्या भएको थियो।
घटना भएको एक सातापछि उनीहरू पक्राउ परेका थिए। त्यो घटना श्रीलंकाको विद्रोही समूह तामिलले गरेको आरोप लाग्दै आएको थियो।
सन् १९८७ मा श्रीलंकाको गृहयुद्ध अन्त्यका लागि भन्दै भारतीय सेना पठाएकोमा रूष्ट विद्रोही तामिल समूहले हत्या गरेको चर्चा हुँदै आएको थियो।
तामिलनाडु सरकारले जेलमा रहेकालाई रिहाईका लागि केन्द्रीय सरकारसँग माग गर्दै आएको थियो। भारतको सर्वोच्च अदालतले घटनामा संलग्न भनिएका एजी पेरारिवलनलाई गत मे मा रिहाईको आदेश दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया