काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत जिल्ला छनोट शुक्रबारदेखि शुरु हुने भएको छ ।
जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन् ।
आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ । २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन । यि ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिने छ ।
जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन् । जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रुपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया