एथेन्स र आयाक्सका समर्थकबीच हिंसात्मक झडप, केही घाइते (तस्वीर सहित)

एजेन्सी । जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत एथेन्स र आयाक्स क्लबका समर्थकहरुबीच हिंसात्मक झडप भएको छ ।

झपडमा परि केही खेल समर्थक घाइते भएका छन् । ग्रिसको क्लब एथेन्स र नेदरल्याण्ड्का क्लब आयाक्सबीचको खेल सकिए लगतै समर्थकहरुबीचत झडप भएको थियो ।

मंगलवार राति सम्पन्न भएको समूह ‘इ’को खेलमा आयाक्सले एथेन्सलाई २-० गोल अन्तरले हराउँदै प्रि-क्वाटरफाइनलमा पुगेसँगै एथेन्स ओलम्पिक स्टेडियम भित्रै समर्थकहरु बीच हिंसात्मक झडप भएको थियो ।

सन् २००५ पछि आयाक्स पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । झडप क्रममा एथेन्सका समर्थकले आयाक्स समर्थकहरुलाई पेट्रोल बम प्रहार गरेका थिए ।

सो पेट्रोल बममा परि केही समर्थकहरु घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । यो घटनाको तत्काल 'युईएफए'ले छानबिन गर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?