इस्लामाबाद । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा सहभागी हुन निम्ता गर्ने भएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन निम्ता गर्ने जानकारी दिएका छन् ।
सन् २०१६ मा इस्लामाबादमा हुने सार्क सम्मेलन हालसम्म हुन सकेको छैन ।
उरी आक्रमणलाई देखाउँदै भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो । त्यसैलाई निहुँ बनाउँदै अफगानिस्तान, बंगलादेश लगायतका सदस्यले पनि सहभागी नहुने बताएपछि सम्मेलन स्थगित भएको थियो ।
डान न्युजका अनुसार इस्लामाबादमा पत्रकार सम्मेलन गर्दै फैसलले यस्तो खुलासा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया