काठमाडौं । सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् ।
संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन् । फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो ।
गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । योसँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए । १६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया