काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीचको पहिलो हाफको खेल सकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको चौथो चरणको अन्तिम खेलमा हिमालन शेर्पाका लागि खेलको २१ औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म मच्छिन्द्र क्लबले पनि खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न भने सकेन । जारी लिगमा हिमालयन शेर्पाले ३ खेलबाट ७ अंक बनाउँदै पाँचौ स्थानमा छ ।
शेर्पा क्लबले दुई खेलमा जीत तथा एकमा हार बेहोरेको छ । यता एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरी गरेको छ । २ अंक मात्र जोडेको मच्छिन्द्र तालिकाको ११ औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया