रजनीकान्तको ‘२.०’ मा ऐश्वर्या पनि छिन्?

मुम्बई – आउँदो शुक्रवारबाट रिलिज हुने चलचित्र ‘२.०’ को चर्चा यतिबेला बलिउडमा मात्र होइन, नेपालमा पनि भइरहेको छ । रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० को ट्रेलरमा आएको जबरजस्त भीएफएक्सले फिल्मको चर्चा भइरहेको छ ।

यो फिल्म सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’ को सिक्वेल हो ।

यो फिल्मलाई लिएर एउटा अर्को रहस्य बाहिर आएको छ । फिल्ममा ऐश्वर्या राय बच्चन पनि विशेष भूमिकामा देखिने छिन् । जुन कुरा अहिलेसम्म खुलाइएको थिएन । तर फिल्मका निर्देशक शंकरले एक अन्तर्वार्तामा बताएका छन् । खबरका अनुसार फिल्ममा ऐश्वर्या ‘सना’ का रुपमा फिल्ममा छिन् ।

फिल्ममा ऐश्वर्याको मुख्य भूमिका भने रहने छैन । रोबोटमा चाहिँ ऐश्वर्या र रजनीकान्तको मुख्य भूमिका थियो । रोबोटको कथामा चिट्टी बनेको रजनीकान्त ऐश्वर्याको प्रेममा परेका थिए ।

२.० लगानीका हिसाबले महंगो फिल्म हो । यो फिल्ममा रजनीकान्त र अक्षयकुमार हिरो र भिलेनका रुपमा देखिएका छन् । एमी ज्याक्सनको पनि फिल्ममा मुख्य भूमिका रहनेछ ।

रिलिजअघि फिल्म निकै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?