प्रविधिमैत्री शिक्षाको विकास गर्नुर्नेमा शिक्षाविद् पाठकको जोड

लोकपथ
28
Shares

काठमाडौं । सरस्वती बुहमुखी क्याम्पसले आज आफ्नो ६३ औँ वार्षिकोत्सव मनाएको छ । आईतवार क्याम्पसले आफ्नो ६३ औँ वसन्त पार गरी ६४ औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै सरस्वती बुहमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख शंकरराज पाठकले प्राध्यापकहरुलाई नयाँ प्रविधि र शिक्षासम्बन्धी तालिम दिन आवश्यक रहेको बताए । उनले शिक्षकहरुलाई दिएको तालिमले विद्यार्थीहरुलाई अध्यापनका लागि सहज र सरल हुने बताए ।

उनले नयाँ प्रविधिका शैक्षिक प्रणालीहरु भित्रिरहेको बेलामा प्रविधिमैत्री शिक्षा प्रणालीको विकास हुनुपर्ने बताउनु भयो । उनले क्याम्पस स्थापनाका बेलामा झेल्नुपरेका समस्याहरुलाई क्याम्पसको अहिलेको नतिजाले सन्तोष बनाएको बताए । उनले सरस्वती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा उत्कृष्ट अंक प्राप्त गरेको देख्दा खुशी लागेको बताए । उनले विद्यार्थीहरुलाई खेलुकदमा पनि अब्बल बनाउन क्याम्पसले आवश्यक कदम थालेको बताए ।

संस्थापक क्याम्पस प्रमुख पाठकले कलेजमा इन्जिनियरिङको विषय पनि अध्ययन गर्न पहल थाल्नुपर्ने बताए । उनले दुई लाखबाट स्थापना गरिएको विद्यालयले अहिले आइपुग्दा विद्यार्थीहरुको अमूल्य भविष्य निर्माण गर्न सकेकोप्रति खुशी प्रकट गर्नुभयो ।

उनले विद्यार्थीहरुले एकअर्काप्रति प्रतिष्पर्धा गर्नुभन्दा आफ्नो कमीकमजोरीलाई हेरेर उन्नती गर्न सुझाव दिनुभयो । वि.सं. २०१६ सालमा स्थापना भएको क्याम्पसले यस वर्षदेखि पत्रकारिता विषय पनि अध्यापन गराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?