चीन । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
बुधवार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो ।
यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।
उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन । तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो ।
विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएका छन् । सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ ।
संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ । यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगयात थप अनुसन्धान जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया