सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा भट्टराई

लोकपथ
21
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पुस ७ गते बसेको ३ सय ३३ औँ बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको हो ।

भट्टराईलाई निर्णय पश्चात नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यसपश्चात् सोही दिन अपरान्ह बसेको सञ्चालक समितिको ३ सय ३४ औँ बैठकमा अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवम् श्रीमती प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?