काठमाडौं । शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेदि प्रथम शंखरापुर नगर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक शंखरापुर नगर खेलकुद विकास समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाउने शंखरापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले जानकारी गराए । प्रतियोगितामा सहभागिताको लागि उमेर हद नरहेको तर, सोही वडामा बसोवास गरेको नागरिक हुनुपर्ने आयोजकले जनाएको छ ।
शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले नगरपालिकाका युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता आयोजन ागर्न लागिएको बताए । उनले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताए ।
सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगताको हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया