अार्इतबारदेखि जोशी हार्इड्रोले १६ लाख ९० हजार कित्ता अार्इपीअो जारी गर्ने

काठमाडौं : जोशी हाइड्रो पावर कम्पनीले अाउँदो अार्इतबार (मंसिर १६ गते) देखि १६ लाख ९० हजार कित्ता साधारण शेयर (अार्इपीअो) बिक्री खुला गर्ने भएको छ ।

र्इलाम जिल्लामा अपर पुवा-१ जलविधुत अायोजना सञ्चालन गरिरहेको यो कम्पनीले कर्मचारीका लागि ५० हजार ७१४ कित्ता (३%) र म्युचुअल फन्डलार्इ ८४ हजार ५२३ कित्ता (५%) शेयर छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणलार्इ बेच्न लागेको हो । 

जोशीको अार्इपीअोमा मंसिर १९ गतेसम्म अावेदन दिन सकिने र सो अवधिमा सबै कित्ता अार्इपीअो बिक्री नभएमा पुस १६ गतेसम्म भर्ने व्यवस्था मिलाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

सि अास्वाका माध्यमबाट र्इच्छुक लगानीकर्ताले ५० कित्तादेखि ८ लाख कित्तासम्म शेयर भर्न सक्नेछन् । अार्इपीअो बिक्रीबाट उठेको रकम अायोजना निर्माणताका लागेको खर्च जुटाउन प्रयोग हुने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी र्इक्रा नेपालले जोशी हार्इड्रोपावरले निष्काशन गर्न लागेको अार्इपीअोलार्इ कमजोर रेटिङ गरिदिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?