काठमाडौं । नेपालका प्रणव खनालले तेन्जिङ नोर्गे स्मृति लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फको उपाधि जितेका छन् ।
भारतको दार्जिलिङस्थित जिमखाना क्लबमा भएको फाइनलमा प्रणवले नेपालकै कमल भण्डारीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा नेपालसहित भारत र भुटानका २४ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल टेनिस संघका सदस्य ज्ञानेन्द्र खनालले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया