च्याम्पियन्स लिग : बार्सिलोना र एथ्लेटिको म्याड्रिड नकआउट चरणमा प्रवेश

एजेन्सी । स्पेनी क्लब बार्सिलोना जारी ‘युइएफ’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 बुधवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले डच क्लब पीएसभीलाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफमा भने बार्सिलोनाले केही सुधारिएको खेलेको थियो । खेलको ६१ औँ मिनेटमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ७० औँ मिनेटमा गेरार्ड पिकेले गोल गरे ।

उनले मेस्सीले दिएको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । यता ८० औँ मिनेटमा पीएसभीका लागि लुक डि योङले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि समूह ‘बी’मा रहेको बार्सिलोना १३ अंकका साथ अघिल्लो चरणमा पुगेको हो । 

त्यस्तै, यसै समूहमा रहेको इंग्लिस क्लबले भने नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । टोट्नह्यामले इटालियन क्लब एसि मिलानलाई १-० गोल अन्तरले पराजित ग-यो ।

पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकिएको टोट्नह्यामले दोस्रो हाफमा भने गोल ग¥यो । खेलको ८० औँ मिनेटमा क्रिष्टियन इरिक्सनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि टोट्नह्यामले ७ अंक बनाउँदै दोस्रो स्थानमा छ । समान ७ अंक नै जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ । 

यता बुधवार राति नै भएको खेलमा एथ्लेटिको म्याड्रिडले मोनाकोलाई २-० गोल अन्तरले पराजित गदै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

एथ्लेटिको म्यासिड्रडको जीतमा कोके र एएन्टोइन ग्रिजम्यानले समान एक-एक गोल गरे । समूह ‘ए’मा रहेको म्याड्रिड १२ अंक जोड्दै अघिल्लो चरणमा पुगेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?