काठमाडौं । बुधवार भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने बताइन् । उनले सम्मेलनको लागि भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानले दिएको नियन्त्रणाको प्रश्नको जवाफ दिदै उक्त कुरा बताएकी थिइन् ।
“यसको जवाफ हामी सकारात्मक दिदैनौं,” हैदरावादमा भएको एक पत्रकार सम्मेलनमा उनले भनिन् । उनी तेलागांना विधानसभाको लागि हुन लागेको निर्वाचनको प्रचारको लागि हैदरावाद पुगेकी थिइन् ।
“पाकिस्तानले भारतमा आतकंवादी क्रियाकलापहरु नरोकेसम्म कुनै पनि सम्बाद हुनेछैन र हामी सार्क सम्मेलनमा सहभागी हुनेछैनौं,” उनले आफ्नो विदेश मन्त्रीकालमा एक पटक भारतको भ्रमण गरेको र सोही क्रममा आफूले वृहद द्विपक्षीय सम्वाद सुरु गरेको बताइन् । “तर, त्यसपछि के भयो ? पठानकोट घटना भयो, युरी घटना भयो । हामीले ठूलो तस्वीर हेर्नुपर्छ ।”
पठानकोट घटना जनवरी २०१६ मा पठानकोट एयर फोर्स स्टेशनमाथि भएको आतकंवादी हमला थियो । त्यसमा आतकंवादीहरुले ठूलो हतियारको प्रयोग गरेर आक्रमण गरेका थिए । हमलामा एक सर्वसाधरण र धेरै सुरक्षाकर्मीको हत्या भएको थियो ।
‘दुई फरक कुराहरु’
मन्त्रीले करटारपुरा कोरिडोर पहल र पाकिस्तान र भारतबीच द्विपक्षिय सम्वाद फरक कुरा भएको बताइन् ।
भारतले धेरै वर्ष अघिदेखि पाकिस्तानको करटारपुरमा रहेको सिखहरुको पवित्र तिर्थस्थल ‘गुरुद्वारा दरबार सहिब’मा भारतीय सिखहरुलाई भिषाबीना यात्रा सुविधा दिन माग गरिरहेको थियो ।
पाकिस्तान अहिले आएर यो कुरामा सहमत भएको आफू खुसी भएको उन ले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया