च्याम्पियन्स लिग : लिभरपुल पीएसजीसँग पराजित

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले जारी ‘युइएफ’ च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । 

बुधवार राति सम्पन्न भएको खेलमा ‘पीएसजी’ले इंग्लिस क्लब लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा पुग्ने आशालाई जिवितै राखेको हो । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै ‘पीएसजी’ का लागि बेर्नाटले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३७ औँ मिनेटमा नेयमारले गोल गरे । नेयमारले इडिन्सन काभानीसँग वान टु वान पासमा गोल गर्न सफल भए । पहिलो हाफ सकिनै लाग्दा लिभरपुलले पेनाल्टी हान्ने मौका पायो  । डि मारियाले साडियो मानेलाई  डि बक्स एरियामा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएका थिए ।

सो अवसरलाई जेम्स मिल्नरले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । निर्धारित समयसम्म लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन र खेलमा २-१ को हार बेहोरेको हो । जितपछि समूह ‘सी’मा रहेको ‘पीएसजी’ले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।  पीएसजीले ५ खेलबाट ८ अंक जोडेको छ । 

त्यस्तै बुधवार राति नै भएको यसै समूहको अर्को खेलमा नपोलीले रेड स्टार बेलग्रेडलाई ३-१ गोल अन्तरले हरायो । नपोलीको जीतमा खेलको ३३ औँ र ५२ औँ मिनेटमा मेर्टेन्सले दुई तथा ११ औँ मिनेटमा हामसिकले एक गोल गरेका थिए ।

यता रेड स्टार बेलग्रेडका लागि ५७ औँ मिनेटमा बेन नाबौहेनले एक मात्र गोल फर्काए । जीतपछि नपोलीले ९ अंक बनाएको छ । 

त्यस्तै पोर्चुगिज क्लब पोर्टो, जर्मनी क्लब बोरुसिया डर्टमण्ड र साल्के भने आ-आफनो खेलमा जीत हात पादै नकआउट चरणमा प्रवेश गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?