२१ तस्वीरमा हेर्नुहोस् बिजोरले बिजोग

काठमाडौं  – काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहीबारबाट ४ दिन जोर–बिजोर प्रणाली लागू भएसँगै सर्वसाधारणले सास्ती झेल्नुपरेको छ ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न र सवारी चापका कारण पाहुनालाई आवतजावतमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएका कारण बिहानैदेखी सर्वसाधारणले सास्ती झेल्नुपरेको थियो ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन लागेको समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ बिहिबार र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ बिहिबार र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

जोर बिजोर प्रणालीको कारण कलेज जाने विद्यार्थी, सर्वसाधारण मर्कामा परेका छन् । बसपार्क तथा बस स्टेसनमा सवारी चढ्नको लागि सर्वसाधारण झुण्डिरहेको दृश्य लोकपथ डटकमले कैद गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?