काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सांसद लक्ष्मी घिमिरेले युवालाई आन्दोलनमा उक्साएर मृत्युवरण गर्न लगाउने तर अवसरबाट भने बञ्चित गरिने प्रवृत्ति घातक रहेको बताएकी छिन् ।
लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै उनले ठूला भनिएका पार्टीहरुमा अवसरलाई न्यायोचित ढंगले वितरण गर्ने उदारठा पनि नदेखिएको टिप्पणी गरिन् ।
वाग्मती प्रदेशका लागि राप्रपाबाट समानुपातिक सांसद रहेकी उनले अहिलेको संसदमा केन्द्रदेखि प्रदेशसम्म अपाङ्गता भएको क्षेत्रबाट आफ्नो मात्र प्रतिनिधित्व हुनुले पनि उक्त कुरा पुष्टि हुने उनले बताइन् ।
उनले दलहरुले राष्ट्रको नेतृत्व गर्न नसकेको भन्दै राजकीय संस्थाका रुपमा राजसंस्था पुनर्स्थापना गरिनुपर्ने पनि बताइन् ।
अपाङ्गता भएका समग्र क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा आवाज उठाउने जिम्मेवारी आफ्नो काँधमा आएको पनि उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया