काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको पुनरुत्थान हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा उल्लेख गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिन महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।
उक्त भेटवार्तामा प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेकाले मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय भइसकेको बताएका छन् ।
भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सन्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया