‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा यथावत

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको पाँचौ चरणको खेल भोली ‘शुक्रवार’देखि शुरु हुँदैछ । 

चौंथो चरणका खेलहरु समाप्त हँदासम्म जारी लिगमा शत प्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा यथावत छ । मनाङले लिगमा खेलको चार खेल जित्दै १२ अंक बनाएको छ ।  

त्यस्तै तीन खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको विभागिय टिम त्रिभुवन आर्मी क्लब १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सोही नतिजा निकालेको हिमालयन शेर्पा क्लब पनि समान १० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

चार खेल खेलेको थ्रीस्टार तीन खेलमा जित तथा एकमा पराजित हुँदै ९ अंकका साथ चौथो तथा सोही नतिजा निकालेको संकटा क्लब पनि ९ अंकसहित तालिकाको पाँचौ स्थानमा छन् ।

यता चार खेल खेलेको नेपाल पुलिस क्लब दुईमा जित, एकमा बराबरी र एकमा पराजित हुँदै ७ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहँदा सरस्वति क्लब दुई खेलमा जित तथा दुई खेलमा पराजित हुँदै ६ अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ । 

च्यासल युथ क्लबले खेलका चार खेलमध्ये एकमा जित, दुई हार र एक बराबरीका साथ चार अंक जोड्दै तालिकाको आठौँ र सोही नतिजा निकालेको एपिएफ पनि ४ अंकका साथ नवौँ स्थानमा छ ।

त्यस्तै चार खेलबाट एकमा जित र तीन हारका साथ ब्रिगेड ब्वाइज १० औँ, दुईमा जित तथा दुईमा बराबरी खेलको मछिन्द्र क्लब ११ औँ, तीनमा पराजित र एक खेलमा बराबरीका साथ तीनमा पराजित हुँदै १२ औँ, तीन खेलमा पराजित तथा एकमा बराबरीका साथ फ्रेन्ड्स १३ औँ र सोही नतिजासाथ न्युरोड टीम एनआरटी १४औँ स्थानमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?