काठमाडौं । भारतीय अभिनेत्री तुनिशा शर्माको आज अन्त्येष्टि गरिने भएको छ । तुनिशाको शव हिजो राति उनको आमा र काकालाई बुझाइएको थियो ।
तुनिशाको शव देखेपछि उनको आमाको अवस्था चिन्ताजनक रहेको छ । २० वर्षको उमेरमा तुनिशाले यो संसार छोडेपछि अभिनेत्रीको परिवार यती बेला स्तब्ध भएको छ । गएराति छोरीको शव हेर्न अस्पताल पुग्दा उनी बेहोस भएकी थिइन् ।
शिजनका दिदीबहिनीको बयान
सोमबार तुनिशाको मृत्युको अभियुक्त शिजन खानकी बहिनीलाई पनि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । उनीहरुले भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास भएको बताएका थिए ।
१७ जनासँग बयान
तुनिशा शर्मा आत्महत्या प्रकरणमा हरेक पल नयाँ नयाँ अपडेटहरू आइरहेका छन् । अभिनेत्रीकी आमाको उजुरीका आधारमा शीजान खानलाई पक्राउ गरिएको छ र अभिनेतासँग सोधपुछ भइरहेको छ । शिजनले तुनिशा र आफ्नो सम्बन्धबारे खुलासा गर्दै आएका बेला प्रहरीले सोमबार अभिनेत्रीका नजिकका साथीभाइ, आफन्तसहित १७ जनाको बयान लिइसकेको छ ।
अभिनेत्री तुनिशाले गत शनिबार सिरियलको सेटमा आत्महत्या गरेकी हुन् । त्यसपछि अभिनेत्रीकी आमाले उजुरी दिएपछि उनको सहकलाकार शीजान खानलाई प्रहरी हिरासतमा लिइएको थियो । प्रहरीले यस विषयमा कडाइका साथ अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया