काठमाडौं । देशले नयाँ सरकार र अर्थमन्त्री पाएसँगै निरन्तर ओरालो लागेको सेयर बजारमा सुधारको संकेत देखिएको छ ।
सोमबार देशको नयाँ अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त भएका छन् ।
त्यससँगै मंगलबार नै सेयर बजारमा सुधारको संकेतसहित नेप्से परिसूचक ४० दशमलव ६१ अंकले वृद्धि भएको छ ।
सेयर बजार १ हजार ९ सय ६४ दकशमलव ७० अंकमा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९५ कम्पनीमा हरियाली देखिएको छ ।
केही समययता निरन्तर ओरालोमा रहेको सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्तामा खुसीयाली छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया