एजेन्सी । रुसका एक पूर्व राष्ट्रपतिले अमेरिकाबारे खतरनाक भविष्यवाणी गरेका छन् । पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकामा गृहयुद्ध हुने र युद्धबिरामपछि एलन मस्क राष्ट्रपति बन्नेबारे भविष्यवाणी गरेका हुन् ।
मेदभेदेवले मस्क राष्ट्रपति हुनेदेखि बेलायत युरोपेली संघमा सामेल हुनेसम्मका भविष्यवाणी गरेका छन् । मेदभेदेवको भविष्यवाणी चुनौतीको संज्ञा दिँदै मस्कले भनेका छन्, ‘इपिक थ्रेड !!’
साथै, मेदभेदेवको भविष्यवाणी बेतूकको रहेको भन्दै मस्क ट्वीटरमा लेख्छन्, ‘यो मैले सुनेको मध्ये सबैभन्दा बेतूकको भविष्यवाणी हो यसले कृत्रिम वुद्धिमता र दिगो उर्जाको प्रगतिबारे ज्ञानको कमी रहेको देखाउँछ ।’
यस्तो छ मेदभेदेवको भविष्यवाणी
– तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्नेछ भने ग्यासको मूल्य प्रतिघनमिटर ५ डलरले बढ्नेछ ।
– बेलायत फेरि युरोपेली संघमा सामेल हुनेछ ।
– बेलायतको बहिर्गमनसँगै यूरोपियन युनियन विघटन भइ युरा इयूको मुद्राको रुपमा प्रयोग गर्न बन्द हुनेछ ।
– पोल्याण्ड र हंगेरीले युक्रेनको पश्चिमी भूभाग कब्जा गर्नेछ
– विश्वमा फेरि चौथो राज्य बन्नेछ जसमा पोल्याण्ड, चेको स्लोभाकिया, किभ गणतन्त्र लगायतका बाल्टिक राज्यहरु जर्मनीको भू–भागमा समावेश हुनेछन् । त्यसपछि फ्रान्स र चौंथो राज्यपछिबीच युद्ध हुनेछ । जसबाट यूरोप विभाजित हुनेछ र पोल्याण्ड एकपटक फेरि विभाजित हुनेछ ।
– उत्तरी आयरल्याण्ड बेलायतबाट अलग भएर आयरल्याण्ड गणतन्त्र सामेल हुनेछ ।
– अमेरिकामा गृहयुद्ध सुरु हुनेछ र त्यसपछि अमेरिका, क्यालिफोर्निया र टेक्सस स्वतन्त्र राज्य हुनेछ । टेक्सस र मेक्सिको एकअर्काको सहयोगी राज्य हुनेछ ।
– एलन मस्कले गृहयुद्धको अन्त्यपछि धेरै राज्यमा अमेरिकी राष्ट्रपति जित्ने पक्का छ ।
– विश्वको सबैभन्दा ठूलो शेयर बजार र आर्थिक गतिविधि अमेरिका र यूरोपबाट एसियामा सर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया