कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेबाट हुने

लोकपथ
28
Shares

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकले पुस १७ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । दुबै बैंकको संयुक्त मर्जर समितीको सोमवार बसेको सञ्चालक समितीको बैठकले आगामी आईतवारबाट एकीकृत कारोबार सञ्चालन गर्ने घोषणा गरेको हो ।

बैंकले शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबार हुने मिती अर्थात यही पुस १७ गतेबाट १२ दिन बैंकको शेयर कारोबार रोक्का राखिदिन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्ब भन्दा बढी पुग्ने छ । मर्जर पश्चात बैंकको शाखा संख्या तीन सय ५५ वटा पुग्ने छ भने एटीएम काउन्टरको संख्या दुई सय ४४ र एक्सटेन्सन काउन्टरको संख्या ५१ वटा पुग्ने छ ।

एकीकृत कारोबार पश्चात बन्ने कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब भन्दा बढी कुल निक्षेप तीन खर्ब एक अर्ब र कुल कर्जा दुई खर्ब ७८ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?